यौन दुर्व्यवहारको आरोपमा भक्तपुरबाट एक जना पक्राउ
भक्तपुर : भक्तपुरको चाँगु नारायणमा १७ वर्षिया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
बुटिकमा काम लगाइदिने भनेर बालिका सहित ३ जनालाई काममा पठाएका २२ वर्षका श्यामकुमार भट्टराईलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।
काममा लगाउने जिम्मा अर्केलार्ई दिएका भट्टराई विरुद्ध नै यौन दुर्व्यवहारको उजुरी परेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार भट्टराईलाई पक्राउ गरेर काममा लगाउने जिम्मा लिएका व्यक्तिको खोजी भइरहेको छ।
चैत १७, २०७७ मंगलबार ०८:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।