बाग्लुङ जिल्ला सदस्यसहित दुई जनाको हत्यारालाई कारबाही गर्न कांग्रेसको माग 

बाग्लुङ जिल्ला सदस्यसहित दुई जनाको हत्यारालाई कारबाही गर्न कांग्रेसको माग 

काठमाडौं : नेपाली कांग्रेसले जिल्ला कार्यसमिति, बाग्लुङका सदस्य प्रकाश कुँवरसहित दुई जनाको हत्यामा संलग्नलाई कारबाही गर्न माग गरेको छ। 

पार्टी संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले आज (सोमबार) प्रेस विज्ञप्ति जारी गर्दै बाग्लुङको बडीगाउँ गाउँपालिका–१०, बल्देधुरीमा गत आइतबार जिल्ला कार्यसमिति सदस्य कुँवर र पार्टी कार्यकर्ता दीपक परियारको हत्यामा संलग्नलाई पक्राउ गरी कानुनी कारबाही गर्न सरकारसँग माग गरेका हुन्। 

उक्त घटनाको घोर भत्सर्ना गर्दै विज्ञप्तिमा भनिएको छ, ‘अपराधिक मानसिकताका साथ जघन्य अपराध गर्ने जो कोहीले उन्मुक्त नपाओस् भन्ने हाम्रो ठहर छ। तसर्थ उक्त घटनाको छानबिन गरी हत्यामा संलग्न व्यक्तिलाई अविलम्ब पक्राउ गरी कानुनी कारवाही गर्न नेपाली कांग्रेस संसदीय दल सरकारसमक्ष जोडदार माग गर्दछ।’ 

यस्तै, कांग्रेसले उक्त घटनामा परी घाइते भएकाको स्वास्थ्य उपचारका लागिसमेत सरकारसँग माग गरेको छ। साथै घाइतेकाे स्वास्थ्य लाभकाे कामनासमेत गरेकाे छ।
 

चैत १६, २०७७ सोमबार १६:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।