संविधान सभा सदस्य भण्डारीको निधन, काँग्रेसले व्यक्त गर्यो शोक
काठमाडौँ : संविधान सभा सदस्य लक्ष्मीदेवी भण्डारीको आज बिहान निधन भएको छ। भण्डारीको मेडिसिटी अस्पताल ललितपुरमा उपचारका क्रममा निधन भएको हो।
उनको ७१ वर्षको उमेरमा निधन भएको भन्दै नेपाली काँग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको उल्लेख गरेको छ।
धनुषा निवासी भण्डारी २०७० को संविधान सभा निर्वाचनमा काँग्रेसको समानुपातिक कोटामा निर्वाचित भएकी थिइन। उनको निधनमा काँग्रेस सभापति शेरबहादुर देउवाले शोक व्यक्त गरेका छन्।
चैत १६, २०७७ सोमबार १२:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।