एसिड छ्याप्दा घाइते ५ मध्ये एक जना बालिकाको अवस्था गम्भीर
काठमाडौँ : होली खेल्ने क्रममा एसिड छ्याप्दा शंखरापुर नगरपालिकाका, नांलेभारेका ५ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको काठमाडौँको शंखरापुर नगरपालिकाका नगर प्रमुख सुवर्ण श्रेष्ठले जानकारी दिए।
होली खेल्ने क्रममा ग्यालिनमा राखेको एसिड पानी भनेर छ्याप्दा अन्दाजी १४ वर्षकी बालिका गम्भीर घाइते भएकी हुन्। एक जना डिस्चार्ज भइसकेका र अर्का एक जना डिस्चार्ज हुन लागेका नगर प्रमुख श्रेष्ठले बताए।
घाइतेहरूको जोरपाटीस्थित सुस्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। एसिड छ्याप्ने दुई जनालाई प्रहरीले पक्रेर लगेको प्रमुख श्रेष्ठले बताए।
गम्भीर घाइते बालिकाको निधार, गाला, कान, घाटी र कम्मरमा एसिड परेको छ। कम्मरको लुगा डढेर घाउ बनाएको उनले बताए।
चैत १६, २०७७ सोमबार १२:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।