तराईमा आज रङ्गहरूको पर्व होली मनाइँदै
काठमाडौँ : तराईका जिल्लामा आज हर्षोल्लासका साथ रङ्गहरूको पर्व होली मनाइँदै छ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ।
पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमाका दिन हिजो होली मनाइएको छ।
कोरोना भाइरस महामारीको सम्भावित सङ्क्रमणलाई मध्यनजर गर्दै यस वर्ष स्थानीय प्रशासनले होली खेल्दा भिडभाड नगर्न भनेको छ।
चैत १६, २०७७ सोमबार ०८:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।