चीनबाट ८ लाख डोज कोरोना भाइरसविरुद्धको खोप काठमाडौँ आइपुग्दै 

चीनबाट ८ लाख डोज कोरोना भाइरसविरुद्धको खोप काठमाडौँ आइपुग्दै 

काठमाडौँ : चीनले नेपाललाई उपलब्ध गराउने कोरोनाभाइरस विरुद्धको खोप अहिले बिहान काठमाडौँ आइपुग्ने भएको छ।

चीनले उपलब्ध गराउने आठ लाख खोप स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीको उपस्थितिमा नेपालले लिने  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। 

नेपाल आइपुग्ने खोप कहिलेदेखि लगाउन सुरु गर्ने भन्ने टुङ्गो नभएको प्रवक्ता गौतमले बताए। 

नेपालले प्राप्त गर्ने उक्त खोप चार लाख जनालाई लगाउन पुग्नेछ। यसअघि भारतीय अनुदान, भारतकै सीरम इन्स्टिट्यूट अफ इन्डियासँग किनिएको र कोभ्याक्स सुविधा अन्तर्गत नेपालले खोप प्राप्त गरिसकेको छ।

सीरम इन्स्टिट्यूट अफ इन्डियासँग नेपालले किन्न सम्झौता गरेको १० लाख मात्रा खोप भने अझै आउन बाँकी छ। नेपालमा हालसम्म १७ लाख ९० हजार १ सय २५ जनाले कोरोनाभाइरसविरुद्ध खोपको पहिलो मात्रा लगाइसकेका छन्।

चैत १६, २०७७ सोमबार ०७:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।