देशभर थप ८९ जनामा कोरोना संक्रमण, ९५ निको भए
काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ८९ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ।
यो अवधिमा थप ९५ जना कोरोना संक्रमित निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म २ लाख ७६ हजार ८ सय ३९ जनामा कोरोना पुष्टि भइसकेको छ। तीमध्ये २ लाख ७२ हजार ५ सय ३० जना निको भएका छन्।
हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या तीन हजार २७ छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको ज्यान गएको छैन।
चैत १५, २०७७ आइतबार १७:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।