प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता

प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेटवार्ता भएको हो। 

प्रधानमन्त्रीसँग भेट गर्न सभामुख बालुवाटार पुगेका थिए। 

भेटमा संसद्मा विचाराधीन विधेयक अघि बढाउने र संसद् सञ्चालनको विषयमा छलफल भएको बताइएको छ। 
 

चैत १५, २०७७ आइतबार १६:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।