फिल्म ‘चिसो मान्छे’को छायांकन सकियाे

फिल्म ‘चिसो मान्छे’को छायांकन सकियाे

काठमाडौं : फिल्म ‘चिसो मान्छे’को छायांकन सकिएको* छ। 

फिल्मको छायांकन काठमाडौंबाट सकिएको* निर्देशक दीपेन्द्र के खनालले बताएका छन्। 

खनालकै लेखन, छायांकन तथा निर्देशनमा बन्न लागेको फिल्ममा शर्मिला पाण्डेको लगानी रहने छ। फिल्ममा अभिनेत्री स्वस्तिमा खड्का, अर्पण थापा देशभक्त खनाल, आशान्त शर्मा, झकेन बिसी लगायतको मुख्य भूमिका रहने छ। 

यसै फिल्मबाट अभिनेत्री स्वस्तिमा खड्काले १८ लाख रूपैयाँ पारिश्रमिक बुझेकी छन्। 

समाजका ‘चिसो मानिस’को कथामा निर्माण हुने यो फिल्म घाममा नखिच्ने निर्देशकले बताएका छन्। फिल्मको प्रदर्शन मिति अर्काे वर्षको भदौ ११ गते तोकिएको छ। 

* सच्याइएकाे

चैत १५, २०७७ आइतबार १५:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।