कैलालीमा बाघको छाला, खप्पर र दाँतसहित एक जना पक्राउ
धनगढी : कैलालीमा बाघको छाला, खप्पर र दाँतसहित एक जना पक्राउ परेका छन्।
संघीय इकाइ प्रहरी कार्यालयको टोलीले मोहन्याल गाउँपालिका–७, पितमारीबाट लेख आठबिस नगरपालिका–३ का ४९ वर्षीय बिनीप्रसाद जैसीलाई पक्राउ गरेको हो।
उनको साथबाट बाघको छाला, खप्पर र दाँतको दाह्रा १–१ थान बरामद गरिएको प्रहरीले जनाएको छ।
चैत १४, २०७७ शनिबार २२:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।