देशभर ८५ जनामा कोरोना संक्रमण, ३ को मृत्यु

देशभर ८५ जनामा कोरोना संक्रमण, ३ को मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ८५ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ।

योसँगै देशभर २ लाख ७६ हजार ७ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  

पछिल्लो २४ घण्टामा ९३ जना कोरोना संक्रमणमुक्त भएका छन्। उक्त अवधिमा ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँग देशभर मृत्यु हुने कोरोना संक्रमित ३ हजार २७ पुगेका छन्। 

देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार २ सय ८८ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

चैत १४, २०७७ शनिबार १८:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।