जोशीको निधनमा राष्ट्रपति भण्डारीद्वारा दुख व्यक्त
काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री नवीन्द्र राज जोशीको निधनमा दुख व्यक्त गरेकी छन्।
राष्ट्रपति भण्डारीले इमानदार एवं स्वच्छ छवि भएका जोशीको असामयिक निधनको खबरले दुखी भएको उल्लेख गरिन्।
सामाजिक सञ्जाल ट्विटरमा उनले जोशीको निधनबाट मुलुकले एक इमानदार राजनीतिज्ञ गुमाएको लेखेकी छन्। काँग्रेस नेता जोशीको उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको हो।
उनको पार्थिव शरीर दिउँसो २ बजेसम्म श्रद्धाञ्जलीका लागि काँग्रेस पार्टी कार्यालय ललितपुर सानेपामा राखिने नेपाली काँग्रेसले जनाएको छ।
चैत १४, २०७७ शनिबार १२:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।