भारतमा पहिलो चरणको विधानसभाका लागि मतदान सुरु
काठमाडौँ : भारतमा पहिलो चरणको विधानसभाका लागि मतदान सुरु भएको छ। पहिलो चरणमा पश्चिम बंगलाका ३० सिट र असमका ४७ विधानसभा सिटका लागि मतदान सुरु भएको हो।
कडा सुरक्षाकाबिच मतदान सुरु भएको बीबीसीले जनाएको छ। पहिलो चरणमा असमका माजुजी, गोहपुर, जोरहाट, नाजिरालगायतका हाई प्रोफाइल सिटमा मतदान भइरहेको छ। माजुजीबाट मुख्यमन्त्री सर्वानन्द सोनोवाल तथा जोरहाटबाट असम विधान सभाका अध्यक्ष हितेन्द्रनाथ गोस्वामी चुनावी मैदानमा छन्।
मतदान स्थानीय समयअनुसार बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म चल्नेछ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मतदानमा नयाँ रेकर्ड बनाउन आग्रह गरेका छन्। उनले ट्विट गर्दै युवाहरूलाई लक्षित गर्दै असम क्षेत्रमा व्यापक मतदान गर्न आग्रह गरेका हुन्।
भारतीय पूर्व प्रधानमन्त्री मनमोहन सिंहले भिडियो सन्देश जारी गरेर संविधान र लोकतन्त्रको सिद्धान्त कायम राख्न सक्नेलाई मतदान गर्न भनेका छन्।
चैत १४, २०७७ शनिबार ०९:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।