जोशीको निधनमा शोक प्रस्ताव पारित गर्न काँग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक
काठमाडौँ : नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दैछ। पार्टीका केन्द्रीय सदस्य नवन्द्रिराज जोशीको निधनमा शोक प्रस्ताव पारित गर्न बिहान साढे ११ बजे केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्न लागेको काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।
पार्टी कार्यालय ललितपुर सानेपामा बस्ने बैठकबाट शोक प्रस्ताव पारित गरेपछि जोशीको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिने कार्यक्रम रहेको छ।
जोशीको नर्भिक अस्पतालमा उपचारका क्रममा गएराति निधन भएको हो। श्रद्धाञ्जलीका लागि जोशीको पार्थिव शरीरलाई दिउँसो १२ बजेदेखि २ बजेसम्म पार्टी केन्द्रीय कार्यालय ललितपुर सानेपामा राखिनेछ।
चैत १४, २०७७ शनिबार ०८:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।