अत्यावश्यक नभई सवारी साधन नचलाउन स्वास्थ्य मन्त्रालयको अनुरोध
काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अचानक मौसममा आएको परिवर्तनसँगै काठमाडौँ उपत्यकाभित्रको वायु प्रदूषण बढेको भन्दै घरबाहिर खुला स्थानमा नबस्न अनुरोध गरेको छ।
मन्त्रालयले घर बाहिर ननिस्कन र निस्कनै पर्ने अवस्था भएमा मास्क अनिवार्य प्रयोग गर्न अनुरोध गरेको हो।
काठमाडौँ उपत्यकाभित्रको वायु प्रदूषण निकै बढेको भन्दै मन्त्रालयले खुला स्थानमा नखेल्न, मर्निङवाकमा जाने वा घर बाहिर गएर शारीरिक व्यायाम नगर्न अपिल गरेको छ। मन्त्रालयले भनेको छ,‘घरभित्रै बसौँ, घर भित्रै व्यायाम गरौँ, बालबालिका, दीर्घ रोगी, ज्येष्ठ नागरिकहरूको विशेष ख्याल गरौँ।’
धुलो धुवाँ उड्ने खालका पेसा, व्यवसाय, निर्माण कार्यहरू केही दिनलाई स्थगन गर्न र अत्यावश्यक नभई सवारी साधनहरू नचलाउन मन्त्रालयले अनुरोध गरेको छ।
चैत १३, २०७७ शुक्रबार १९:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।