डढेलो लागेर धुवाँ फैलिँदा काठमाडौँको मौसम धुम्म
काठमाडौँ : बनमा लागेको डढेलोको धुवाँ फैलिएर तुवाँलो लाग्दा काठमाडौँ उपत्यकाको मौसम धुम्म भएको छ। पर्सा, मकवानपुर र चितवनको बनमा लागेको डढेलोको धुवाँ फैलिँदा काठमाडौँ उपत्यकाको मौसम धुम्म भएको हो।
आँखा पिरो हुने गरी फैलिएको धुवाँकै कारण तुवाँलो लागेको जस्तो देखिएको मौसमविद् सजिना शाक्यले बताइन्। घाम छेक्ने गरी लागेको तुवाँलोका कारण विमान स्थलमा भिजिबिलिटी समेत कम भएको शाक्यले बताइन।
भिजिबिलिटी कम भएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र तराईका विभिन्न भागमा हुने उडान र अवतरण कार्य प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ।
चैत १३, २०७७ शुक्रबार १६:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।