काभ्रेमा पुरुषले दर्ता गरेका १८ वटा मुद्दामा सम्बन्ध विच्छेद हुने गरी फैसला

काभ्रेमा पुरुषले दर्ता गरेका १८ वटा मुद्दामा सम्बन्ध विच्छेद हुने गरी फैसला

काभ्रे : जिल्ला अदालत काभ्रेले पुरुषले सम्बन्ध विच्छेदका लागि दर्ता गरेका १८ वटा मुद्दामा आदेश दिएको छ।

सम्बन्ध विच्छेद गरिपाऊँ भनेर ७९ वटा मुद्दा दर्ता भएकोमा १८ वटामा सम्बन्ध विच्छेद हुने गरी फैसला भएको श्रेष्तेदार गोविन्दप्रसाद घिमिरेले जानकारी दिए। 

२०७५ भदौ १ गतेदेखि लागु भएको मुलुकी देवानी संहिता अनुसार पुरुषले पनि अदालतमा सम्बन्ध विच्छेदका मुद्दा दर्ता गरेका हुन्। संहिता लागू हुनुअघि महिलाले मात्र सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्न पाउँथे। 

जिल्ला अदालत काभ्रेमा महिलाले दर्ता गरेका मुद्दाको सङ्ख्या ३९४ वटा रहेको श्रेष्तेदार घिमिरेले बताए। उनका अनुसार यसमध्ये २३४ वटा मुद्दामा सम्बन्ध विच्छेद हुने गरी फैसला भएको छ।

अब अदालतमा पुरुषले दर्ता गरेका ६१ वटा र महिलाले दर्ता गरेका १६० वटा मुद्दाको फैसला आउन बाँकी रहेको छ। 

चैत १३, २०७७ शुक्रबार १२:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।