सिलिन्डर पड्केर घाइते एक जनाको मृत्यु
भक्तपुर : भक्तपुरको सुर्यबिनायक नगरपालिका सृजनानगरमा ग्यासको सिलिन्डर पड्केर घाइते एक जनाको मृत्यु भएको छ। भीमेश्वर मःमः एन्ड चिकेन हाउसमा खाजा बनाउने क्रममा ग्याँसको सिलिन्डर पड्केर घाइते भएका होटेल सञ्चालक टिकाराम बस्नेतको मृत्यु भएको हो।
उनको कीर्तिपुर बर्न सेन्टर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ। सिलिन्डर पड्केर घाइते भएका अरू ५ जनाको उपचार भइरहेको छ। घाइते मध्ये ३९ वर्षिया गीता कार्की र ३३ वर्षका राजेन्द्र कार्कीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
१९ वर्षका आदित्य सुवेदी, १७ वर्षका विकास पौडेल र १६ वर्षका हिमुन्स थापाको अवस्था सामान्य रहेको छ। चैत ८ गते शिवलाल कस्पालको घरको पहिलो तलामा ग्यास सिलिन्डर पड्कँदा ६ जना घाइते भएका थिए।
चैत १३, २०७७ शुक्रबार ११:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।