पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना 

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना 

काठमाडौँ : देशका पहाडी भू-भागका एक दुई ठाउँमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहने विभागको अनुमान छ। विभागका अनुसार बाँकी भू भागको मौसम सामान्यतया सफा रहने छ।

कर्णाली प्रदेश, प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध पनि गरेको छ।

प्रि मनसुनको समय भएकाले तत्कालै मौसममा बदली आउन सक्ने मौसमविद् प्रतिमा मानन्धरले बताइन। विभागले दिउँसोको अधिकतम तापक्रम २२ देखि २४ डिग्री सेल्सियस पुग्ने अनुमान गरेको छ।  

चैत २, २०७७ सोमबार ०७:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।