लहान बम बिस्फोटका घाइते युवकलाई काठमाडौं ल्याइयो
काठमाडौं : सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम बिस्फोटमा परी गम्भीर घाइते भएका युवकलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ।
जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) सुदीप राजभण्डारीले बम बिस्फोटमा परी घाइते धनगढीमाई नगरपालिका–१३ का ३० वर्षीय दिनेशकुमार भण्डारीलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं पठाइएको जानकारी दिए।
उनलाई उपचारका लागि पठाइएको अस्पतालबारे खुलाइएको छैन।
प्रहरीका अनुसार कार्यालयमा जाने क्रममा बिस्फोटमा परी दिनेशको खुट्टामा छर्रा लागेको थियो।
बिस्फोटमा घाइते भएका अन्य सातजनाको शुक्रऋषि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
चैत १, २०७७ आइतबार १७:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।