सुनको भाउ बढ्यो, चाँदीकाे स्थिर

सुनको भाउ बढ्यो, चाँदीकाे स्थिर

काठमाडौं : नेपाली बजारमा सुनको भाउ तोलामा चार सय रूपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज (आइतबार) छापावाल सुनको मूल्य प्रतितोला ८६ हजार ६ सय रूपैयाँ तोकिएको छ। गत शुक्रबार यसको मूल्य तोलाको ८६ हजार २ सय रूपैयाँ कायम थियो। 

सुनचाँदीको मूल्य शनिबार निर्धारण गरिँदैन। 

यस्तै, तेजाबी सुनको मूल्य पनि सोही दरमा बढेर प्रतितोला ८६ हजार १ सय ५० रूपैयाँ कायम भएको सुनचाँदी व्यावसायी महासंघले जनाएको छ। गत शुक्रबार यसको मूल्य तोलामा ८५ हजार ७ सय ५० रूपैयाँ कायम थियो। 

चाँदीको मूल्य भने १ हजार २ सय ७० रूपैयाँमा स्थिर छ।

चैत १, २०७७ आइतबार ११:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।