खनाल–नेपाल पक्षले बोलायो राष्ट्रिय कार्यकर्ता भेला

खनाल–नेपाल पक्षले बोलायो राष्ट्रिय कार्यकर्ता भेला

खनाल–नेपाल समूह निकट केन्द्रीय सदस्यहरूको आज (शनिबार) बसेको बैठकले कार्यकर्ता भेला बोलाउने निर्णय गरेको हो।

भेलामा केन्द्रीय कमिटी, संघ र प्रदेशका सांसद्, प्रदेश कमिटीका पदाधिकारी र सदस्य, जिल्ला कमिटी पदाधिकारी, पालिकाका प्रमुख र उपप्रमुखलगायतलाई बोलाइएको नेता भीम रावलले जानकारी दिए। 

पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रूपमा निर्णय गरेपछि त्यसबारे छलफल गर्न भेला बोलाउने निर्णय गरेको नेता रावलले बताए। 

एमाले अध्यक्ष ओलीले हिजो पार्टीको महासचिवबाहेक सबै पदाधिकारीलाई हटाएको थिए। यस्तै, उनले एमाले प्रदेश इन्चार्चमा नेपाल पक्षका नेताहरूलाई हटाएर आफू निकटका नेताहरूलाई नियुक्त गरेका थिए। यसैगरी, आगामी मंसिरमा १० औं महाधिवेशनको मितिसमेत घोषणा गरेको थियो। 
 

फागुन २९, २०७७ शनिबार २०:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।