एमाले निल्न खोज्दा ‘प्रचण्ड’ थोते भए : बस्नेत

एमाले निल्न खोज्दा ‘प्रचण्ड’ थोते भए : बस्नेत

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न पार्टी निल्दै आएको र एमाले निल्न खोज्दा दाँत भाँचिएर ‘थोते’ भएको उनले व्यंग्य गरेका हुन्।  

युवा संघ, सुनसरीले इटहरीमा शनिबार आयोजना गरेको सपथग्रहण तथा अगुवा कार्यकर्ता भेला कार्यक्रममा बोल्दै उनले एमाले अबको एकमात्र देशभक्त पार्टी रहेको धारणा राखे। केही खराब मनसाय भएका मान्छेहरू पार्टी छाडेर गएको र सही नेताहरू एमालेमार्फत कम्युनिस्ट आन्दोलनमा एकबद्ध भएको बस्नेतको तर्क गरे। 

उनले भने, ‘युवासंघ नेपालका कार्यकर्ताले राजनीतिलाई पेशा बनाउन पाइने छैन। अब व्यापार र उद्योगमा संलग्न भएका युवालाई युवा संघमा राखिने छ। साइबर सेनामार्फत अब राष्ट्रिय अखण्डताको लागि पर्नुपर्छ। भ्रष्टाचार र अराजकता नियन्त्रणमा बलको प्रयोग गर्नुपर्दा युवा संघ नेपाल अगाडि बढ्छ। त्यसको लागि तयार रहनुस्।’ 
 
युवा संघ रहरलाग्दो, भरलाग्दो र डरलाग्दो संगठन भएको उनले बताए। युवाको लागि रहरलाग्दो जनताको लागि भरलाग्दो र भ्रष्ट तथा अराजकको लागि डरलाग्दो संगठन भएको उनको दाबी छ। 

कार्यक्रममा बोल्दै युवा संघ, सुनसरी अध्यक्ष अमर गुरुङले केपी शर्मा ओली नेतृत्वको एमालेले सम्पूर्ण युवाहरूको मुद्दा सम्बोधन गर्ने बताए। सुनसरीमा आफुहरुले युवाहरूका समस्या संकलन गर्न थालेको र तिनै समस्यालाई सरकारमार्फत सम्बोधन गराइने उनको भनाइ छ।

फागुन २९, २०७७ शनिबार १९:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।