उर्जामन्त्री रायमाझी भन्छन् : मागेर मन्त्री भएको होइन
उनले नेकपा माओवादी केन्द्रले फिर्ता बोलाएको विषयमा आफू अहिले ठिक ठाउँमा रहेको बताए। ‘मन्त्री र सांसद त आइरहन्छ,’ उनले भने,‘ विचार या पद प्रतिष्ठालाई मान्यता दिने? हामी अहिले ठिक ठाउँमा छौ।’
उनले आफूहरूले हारेर पनि जितेको बताए। संसद् विघटन गर्ने निर्णय बदर गर्ने सर्वोच्च अदालतको निर्णयले हारे पनि अहिले जितेको बताए। ‘कसैलाई हानेको ढुङ्गा पहाडमा ठोक्किएर आफैतिर फर्कियो,’ उनले भने,‘प्रतिकुलता अनुकूलतामा बदलियो, हामीले हारेर पनि जित्यौ।’
उर्जामन्त्री रायमाझीले एमाले दरिलो र शक्तिशाली पार्टी बन्ने दाबी गरे। अप्ठ्यारो अवस्थामा पनि पार्टीलाई बचाएर ल्याएको भन्दै उनले एमाले शक्तिशाली पार्टी बन्ने दाबी गरेका हुन्। ‘राजनीति सरल रेखाबाट जाँदैन,’ उनले भने,‘राजनीति टुटफुट, एकताबाट गुज्रने गर्दछ।’
बोल्दा बोल्दै आवाजमा समस्या आएपछि उनले आफ्ना भनाई छोट्टाएका थिए। उनले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना दिएर आफ्ना भनाई टुङ्ग्याएका थिए।
फागुन २९, २०७७ शनिबार १४:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।