सोमबार २३ चैत, २०८२
भीम रावल पेरिसडाडाँ पुगेकोबारे श्रेष्ठले भने, व्यक्तिगत कामले होला
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा एकलौटी निर्णय गरेको भनेर विरोधमा रहेका नेता रावल केहीबेरमै पेरिसडाँडाबाट फर्किए। उनी नयाँ बानेश्वरको अर्याल होटेलमा माधव-झलनाथ पक्षको बैठकमा सहभागी भएका छन्।
पेरिसडाँडामा रावल नयाँ समीकरणका लागि आउनु भएको हो भन्ने प्रश्नमा माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले रावल व्यक्तिगत कामले आउनु भएको जानकारी दिए। ‘उहाँ के को लागि आउनु भएको हो थाहा भएन,’ उनले भने, ‘सायद व्यक्तिगत कामले होला।’
फागुन २९, २०७७ शनिबार १३:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।