तीन दलको वर्चस्व छ, हामी कहीँ पर्दैनौ : अध्यक्ष ठाकुर 

तीन दलको वर्चस्व छ, हामी कहीँ पर्दैनौ : अध्यक्ष ठाकुर 

‘तीन दलकै वर्चस्व छ, हामी कहीँ पर्दैनौ,’ उनले भने समस्या समाधानका उहाँहरूले जे गर्नुहुन्छ त्यही हुन्छ।’ उनले संसद् विघटनपछि तीन दलीय गठबन्धनको आन्दोलनमै रहे पनि परिणाम आफ्नो पक्षमा नआएको बताए।

सत्ता सहकार्य र मधेसका समस्याका विषयमा नेकपा माओवादी केन्द्रसँग भएको छलफलपछि अध्यक्ष ठाकुरले आफूहरूको स्थान नै नभएको बताए। ‘परिणाम आउँदा जहिले हाम्रो पक्षमा आउँदैन,’ उनले भने, ‘हाम्रो स्थान नै छैन, सहयोग चाहियो।’

अध्यक्ष ठाकुरले न्यायको खोजीमा रहेको बताउँदै अहिलेसम्म न्याय नपाएको सुनाए। फेरी माओवादीसँग छलफल हुने भन्दै उनले कुनै टुङ्गोमा नपुगेको बताए। 

जसपासँगको छलफलपछि नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले छलफल सकारात्मक भएको बताए। उनले गणतन्त्रलाई सुदृढ गर्न अपुरा कामलाई पूर्णता दिने र जसपाले राखेका मुद्दाको तीन दल बसेर सकारात्मक सम्बोधन गर्ने विषयमा छलफल भएको जानकारी दिए। उनले छलफल निष्कर्षमा नपुगेको बताए। 

फागुन २९, २०७७ शनिबार १३:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।