सरकारबाट फिर्ता हुन आफ्ना मन्त्रीलाई माओवादीको निर्देशन 

सरकारबाट फिर्ता हुन आफ्ना मन्त्रीलाई माओवादीको निर्देशन 

गृहमन्त्रीमा रामबहादुर थापा बादल, ऊर्जामन्त्रीमा टोपबहादुर रायमाझी, खानेपानीमन्त्रीमा मणि थापा, सिँचाइमन्त्रीमा प्रभु साह, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा लेखराज भट्ट खेलकुदमन्त्रीमा दावा लामा र श्रम मन्त्रीमा गौरीशङ्कर चौधरी छन्। 

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री बादललाई नेकपा एमालेको बागमती इन्चार्ज र आपूर्तिमन्त्री भट्टलाई सुदूरपश्चिम इन्चार्जमा मनोनीत गरेका छन्। 

तत्कालीन नेकपामा प्रचण्ड नेपाल समूह सरकार छोडेर सडकमा आएपछि ओलीले साबिकको नेकपा माओवादी केन्द्रका तीन जनालाई मन्त्रीमा नियुक्त गरेका थिए। 

स्थायी कमिटी बैठकले चैत २ गते राखिएको राष्ट्रिय भेला हाललाई स्थगित गरिएको साहले जानकारी दिए। 

फागुन २९, २०७७ शनिबार ११:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।