काँग्रेसका ज्येष्ठ राजनीतिज्ञ सभा सदस्य तमर राईको निधन

काँग्रेसका ज्येष्ठ राजनीतिज्ञ सभा सदस्य तमर राईको निधन

राई २०७४ को निर्वाचनमा नेपाली काँग्रेसबाट समानुपातिक उम्मेदवार थिए। राईको निधनमा शोक वक्तव्य निकालेर काँग्रेसले एक निष्ठावान् अग्रज व्यक्तित्वसँगै झापाको भूगोलले एक सरल राजनीतिकर्मी र असल समाजसेवी गुमाउनु परेको उल्लेख गरेको छ। 

सभापति शेरबहादुर देउवाले राईको आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनमा पार्टी र व्यक्तिगत तर्फबाट समवेदना दिएका छन्। 

फागुन २९, २०७७ शनिबार ०८:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।