सत्ता सहकार्यबारे काँग्रेससँग सर्त रहित जसपाको वार्ता
जसपासँगको छलफलपछि काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक भनेर आन्दोलनमा रहेका दलहरूबिच खुल्ला संवाद सुरु भएको बताए। ‘जसपा नेताहरूले काँग्रेसको अग्रसरता महत्त्वपूर्ण हुन्छ भनेका छन्,’ उनले भने, ‘उहाँहरूले कुनै सर्त नराखी खुल्ला छलफल गर्नु भएको छ।’
श शर्माले जसपाका नेताहरूले काँग्रेसको अग्रसरता महत्त्वपूर्ण हुने बताएको जानकारी दिए। उनले जसपाबाट खुल्ला छलफलको प्रस्ताव आएको बताउँदै काँग्रेसले हतारिएर निर्णय नगर्ने बताए। छलफल भए पनि ठोस रूपमा कुनै टुङ्गोमा भने नलागेको उनले बताए।
फागुन २८, २०७७ शुक्रबार १८:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।