पत्रकार सुशील शर्माको निधन 

पत्रकार सुशील शर्माको निधन 

काठमाडौँ : पत्रकार सुशील शर्माको काठमाडौँको ओम अस्पतालमा उपचारका क्रममा ६३ वर्षको उमेरमा निधन भएको छ। बीबीसी नेपाली सेवाका पूर्वप्रमुख संवाददाता शर्माको आज दिउँसो निधन भएको हो। 

फोक्सोमा रगत जम्ने समस्याबाट पीडित शर्माका श्रीमती र एक छोरा छन्। शर्माको निधनप्रति दुख व्यक्त गर्दै काँग्रेस सभापति शेरबहादुर देउवाले पत्रकारिताको क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएका छन्। 

फागुन २८, २०७७ शुक्रबार १७:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।