१८ जना न्यायाधीश नियुक्तिको सिफारिस

१८ जना न्यायाधीश नियुक्तिको सिफारिस

काठमाडौँ : न्यायपरिषद्ले १८ जना न्यायाधीश नियुक्तिको सिफारिस गरेको छ। परिषद्को बैठकले उच्च अदालत पाटनका कुमार चुडाल र सुर्खेतका नहकुल सुवेदीलाई सर्वोच्च अदालतमा नियुक्तिको सिफारिस गरेको छ।

बैठकले न्याय सेवाका विशिष्ट श्रेणीका अधिकृतहरू मध्येबाट नारायण प्रसाद पौडेललाई उच्च अदालत पाटनमा र ऋषि राजभण्डारीलाई पोखरामा न्यायाधीश नियुक्तिको सिफारिस गरेको छ।

यस्तै जिल्ला न्यायाधीशहरू मध्येबाट जगतनारायण प्रधानलाई उच्च अदालत विराटनगर, माधवेन्द्र रेग्मीलाई तुलसीपुर, पुरुषोत्तम प्रसाद ढकाललाई नेपालगन्ज इजलास, विष्णु सुवेदीलाई हेटौडा इजलासमा नियुक्तिको सिफारिस गरिएको छ। 

न्यायपरिषद् बैठकले अर्जुन प्रसाद कोइरालालाई वीरगन्ज इजलास, अमृत बहादुर बस्नेतलाई पाटन र मेदिनीप्रसाद पौडेललाई बुटवल इजलासमा नियुक्तिको सिफारिस गर्ने निर्णय गरेको छ। 

बैठकको निर्णय अनुसार उच्च अदालत हेटौडा इजलासका रजिस्ट्रार रामेश्वर रेग्मीको जनकपुरमा र ममता खनालको बुटवल इजलासमा नियुक्तिको सिफारिस भएको छ। 

अधिवक्ताहरू मध्येबाट फुर्पा तामाङ, श्रीधरा कुमारी पुडासैनी, जगदीश घिमिरे, पुनम सिंह, सागर विष्ट, गणेश ठाकुर र निर्मला शाक्य न्यायाधीश नियुक्तिका लागि सिफारिस भएका छन्। 

फागुन २८, २०७७ शुक्रबार १६:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।