दलको नेता चयन गर्न जसपा संसदीय दलको बैठक सिंहदरबारमा
काठमाडौँ : जनता समाजवादी पार्टी नेपाल जसपाको संसदीय दलको नेता चयन गर्न संसदीय दलको बैठक सिंहदरबारमा बसिरहेको छ। बैठकले पार्टी संसदीय दलको विधान पारित गर्नाका साथै संसदीय दलको नेता चयन गर्ने एजेन्डा राखिएको जसपाका नेता राजेन्द्र महतोले जानकारी दिए।
राजपा र समाजवादी पार्टी एकीकरण भएपछि बनेको जसपाले हालसम्म संसदीय दलको नेता चयन गर्न सकेको छैन। जसपामा ३४ सांसद रहेकामा दुई जना निलम्बित रहेकाले हाल ३२ मात्र छन्।
सत्ता साझेदारीका लागि निरन्तर परामर्शमा रहेको जसपाले पार्टीले संसदीय दलको बैठकपछि आजै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्दैछ। जसपाले जेलमा रहेका रेशम चौधरीको रिहाइ, मुद्दा फिर्ता, संविधान संशोधनलगायतको माग राख्दै आएको छ।
फागुन २८, २०७७ शुक्रबार १५:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।