काँग्रेसले जसपासँग छलफल गर्दै 

काँग्रेसले जसपासँग छलफल गर्दै 

काठमाडौँ : नेपाली काँग्रेसले जनता समाजवादी पार्टी नेपालसँग छलफल गर्नु अघि अहिले पदाधिकारी बैठक राखेको छ। पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बस्न लागेको सह महामन्त्री प्रकाश शरण महतले जानकारी दिए। 

सत्ता सहकार्यका विषयमा पदाधिकारीहरूको धारणा बुझ्न सभापति देउवाले बैठक राखेका हुन्। पदाधिकारी बैठकपछि जसपाका नेताहरूसँग छलफल हुने महतले बताए। 

बैठकअघि महामन्त्री डा. शंसाक कोइरालाको निवास महाराजगन्जमा रामचन्द्र पौडेल पक्षीय नेताहरूबिच छुट्टै छलफल भएको छ। 

फागुन २८, २०७७ शुक्रबार १५:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।