अपहरणमा संलग्न पक्राउ, अपहरित फेला परेनन्

अपहरणमा संलग्न पक्राउ, अपहरित फेला परेनन्

सप्तरी : व्यक्ति अपहरण मुद्दाका फरार अभियुक्त भोलेन्द्र प्रसाद यादवलाई प्रहरीले जिल्ला अदालत सप्तरीमा पेस गरेको छ। सप्तरीका सञ्जीव कुमार साहको अपहरणमा संलग्न यादवलाई पक्राउ गरेर आज शुक्रवार अदालतमा पेस गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। 

२०६७ साल कार्तिक २६ गते १७ वर्षका सञ्जीव कुमार साह छठ पर्वको पूजा गर्न जाँदा अपहरणमा परेका थिए। साहलाई अपहरण गरी ५० लाख फिरौती माग गरी १३ लाख रुपैयाँ लिएका साहलाई २०७३ भदौ १५ गते ९ वर्ष कैद र २५ हजार जरिवानाको फैसला जिल्ला अदालत सप्तरीले गरेको थियो। 

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार अपहरणमा संलग्न व्यक्ति पक्राउ परे पनि अपहरित संंजिव कुमार साह भने अहिलेसम्म फेला पर्न सकेका छैनन्। प्रहरी नायव उपरीक्षक भुवनेश्वर प्रसाद साहले अपहरित बालकको भारतमा गएर खोजविन गर्दा पनि फेला पार्न नसकिएको बताए। 

फागुन २८, २०७७ शुक्रबार १२:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।