केन्द्रीय कमिटी बैठकमा जान्छौ : वरिष्ठ नेता खनाल 

केन्द्रीय कमिटी बैठकमा जान्छौ : वरिष्ठ नेता खनाल 

काठमाडौँ : नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले सबैलाई समेटेर अगाडी बढ्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन्। सर्वोच्च अदालतको परमादेशपछि पार्टी ३ वर्ष अघिकै अवस्थामा पुगेकाले विद्यामान अवस्थामा पार्टी एक भएर जानु पर्ने खनालको भनाई छ। 

नेता खनालले चैत १ गते बोलाइएको केन्द्रीय कमिटीको बैठकमा जाने बताए। ‘सर्वोच्च अदालतको फैसलाले पार्टीलाई ब्याक गियरमा लग्यो,’उनले उकेरासँग भने, ‘त्यसलाई महसुस गरेर अगाडी बढ्नु अहिलेको आवश्यकता हो।’

संसद् विघटनको निर्णयपछि माधव कुमार नेपाल, झलनाथ खनाल सहितका नेताहरू पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै सडक सर्घषमा थिए। सर्वोच्च अदालतले निर्णय बदर गरेपछि आव्हान भएको प्रतिनिधिसभा बैठक बहिष्कार गरेका नेताहरू एमाले व्युँतिएपछिको पहिलो केन्द्रीय कमिटी बैठकमा सहभागी हुने भएका हुन्। 

फागुन २८, २०७७ शुक्रबार ०९:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।