सुनको मूल्य तोलाको ८६ हजार ८ सय 

सुनको मूल्य तोलाको ८६ हजार ८ सय 

काठमाडौं : नेपाली बजारमा सुनको भाउ तोलामा ६ सय रूपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज (बिहीबार) छापावाल सुनको मूल्य प्रतितोला ८६ हजार ८ सय तोकिएको छ। हिजो यसको मूल्य तोलामा ८६ हजार २ सय रूपैयाँ कायम थियो। 

यस्तै, तेजाबी सुनको मूल्य पनि सोही दरमा बढेर प्रतितोला ८६ हजार ३ सय ५० रूपैयाँ पुगेको सुनचाँदी व्यावसायी महासंघले जनाएको छ। हिजो यसको मूल्य तोलामा ८५ हजार ७ सय ५० रूपैयाँ निर्धारण गरिएको थियो। 

चाँदीको मूल्य भने तोलामा १५ रूपैयाँ बढेर १ हजार २ सय ८५ रूपैयाँ कायम भएको सुनचाँदी व्यावसायी महासंघले जनाएको छ। 

फागुन २७, २०७७ बिहीबार १४:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।