दैलेख दुर्घटनामा थप एक जनाको मृत्यु
दैलेख : कालिकोटबाट सुर्खेत जाँदा गरेको गाडी दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ। उपचारका क्रममा कालिकोट नरहरिनाथ गाउँ पालिकाका कमल बि.क.को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
क.प्र. ०२००१ ख ०२४७ नम्बरको गाडी अनियन्त्रित भई सडकबाट १०० मिटर तल खसेर दुर्घटना भएको हो। गाडीमा चढेका २१ जना मध्ये २ जना गंभिर घाइते छन्।
घाइते ६ जना सामान्य छन्। कालिकोट शुभ कालिका गाउँ पालिका भर्ताका जितेन्द्र बहादुर शाहीको घटना स्थलमै मृत्यु भएको थियो।
गाडीमा सवार ३ जना प्रहरी कर्मचारी मध्ये २ जना सामान्य र प्रहरी जवान रमेश चौधरीको अवस्था गंभिर रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक राजेश कुमार तेलीले जानकारी दिए।
उनका अनुसार घाइते ११ जनालाई एम्बुलेन्सबाट उपचारका लागि सुर्खेत पठाइएको छ।
फागुन २७, २०७७ बिहीबार १३:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।