ट्रकको ठक्करबाट काँग्रेस नेता मल्लको निधन

ट्रकको ठक्करबाट काँग्रेस नेता मल्लको निधन

काठमाडौँ : नेपाली काँग्रेसले बाँकेको कोहलपुरमा बाटो काटिरहेको अवस्थामा ट्रकको ठक्करबाट जयकर्ण मल्लको निधन भएकोमा दुख व्यक्त गरेको छ।

मुगु जिल्ला काँग्रेस सोरु गाउँपालिका कार्यसमितिका सभापति ३७ वर्षीय मल्लको बाँकेको कोहलपुरमा जेब्राक्रसिङबाट बाटो काटिरहेको अवस्थामा भे १ क ११०० नम्बरको ट्रकले ठक्कर दिँदा निधन भएको थियो। 

काँग्रेसले शोक वक्तव्य निकालेर स्वर्गीय मल्लको निधनबाट एक सक्रिय युवा नेतृत्वलाई गुमाएको बताएको छ।

फागुन २७, २०७७ बिहीबार १३:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।