दैलेखमा गाडी दुर्घटना, १ जनाको मृत्यु 

दैलेखमा गाडी दुर्घटना, १ जनाको मृत्यु 

दैलेख : कालिकोटबाट सुर्खेत जाँदै गरेका गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। १६ जना घाइते भएका छन्।

घाइते मध्ये ५ जनाको अवस्था गंभिर रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। क.प्र.०२००१ ख ०२४७ नम्बरको गाडी अनियन्त्रित भई सडकबाट १०० मिटर तल खसेर दुर्घटना भएको हो।

प्रहरीका अनुसार दुर्घटनामा कालिकोटको साबिक भर्ता गाविसका जितेन्द्र बहादुर शाहीको मृत्यु भएको छ। गाडीमा सवार यात्रुको सङ्ख्या खुल्न नसकेको प्रहरीले जनाएको छ। घाइतेलाई उद्धार गरेर उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ। 

फागुन २७, २०७७ बिहीबार १२:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।