शिवरात्रि पर्वमा बिहान ९ बजेसम्म झन्डै ४० हजारले गरे पशुपतिनाथको दर्शन 

शिवरात्रि पर्वमा बिहान ९ बजेसम्म झन्डै ४० हजारले गरे पशुपतिनाथको दर्शन 

काठमाडौँ : महाशिवरात्रि पर्वको अवसरमा बिहान ९ बजेसम्म झन्डै ४० हजार दर्शनार्थीले पशुपतिनाथको दर्शन गरेका छन्। बिहान सबेरैदेखि लाइनमा बसेका झन्डै ४० हजार दर्शनार्थीले पशुपतिनाथ मन्दिरको दर्शन गरेका महानगरीय प्रहरी वृत्त गौशालाका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए। 

अहिले पनि ८ हजारको सङ्ख्यामा दर्शनार्थी लाइनमा छन्। पोहोर परार जस्तो दर्शनार्थीको चाप नरहेको बस्नेतले बताए।

उनका अनुसार दर्शनार्थीको सुरक्षाका लागि ४ हजार भन्दा धेरै नेपाल प्रहरी खटिएका छन्। ‘राती ११ बजेदेखि खटिएकाहरूको बिहान १० बजे सकिन्छ,’ बस्नेतले भने, ‘१० बजेदेखि बेलुकी ६ बजेसम्म ३ हजारको सङ्ख्यामा प्रहरी खटिनेछन्।’

फागुन २७, २०७७ बिहीबार ०९:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।