ओलीले राजीनामा दिए एउटै पार्टीको सरकार बन्छ : नेकपा माओवादी केन्द्र 

ओलीले राजीनामा दिए एउटै पार्टीको सरकार बन्छ : नेकपा माओवादी केन्द्र 

काठमाडौँ : नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पदबाट केपी शर्मा ओलीले राजीनामा दिए पार्टी एकीकरण हुने बताएको छ। उसले ओलीको राजीनामा आए पार्टी एकीकरण भएर एउटै पार्टीको सरकार बन्न पनि बताएको छ। 

पार्टी कार्यालय पेरिस डाँडा कोटेश्वरमा बसेको माओवादी केन्द्रको स्थायी कमिटीको बैठकपछि नेता नारायणकाजी श्रेष्ठले नैतिक रूपमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग अहिले पनि कायमै रहेको बताए। उनले संसद्को बाँकी समय सुनिश्चित हुनुपर्ने पार्टीको निष्कर्ष रहेको बताए। 

नयाँ सरकार गठनका विषयमा पहिलो प्राथमिकता प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नेपालसँग निरन्तर संवाद भइरहेको उनले जानकारी दिए। ‘कुनै निष्कर्षमा पुगिएको छैन,’ उनले भने, ‘अहिले समग्र परिस्थितिको विश्लेषण गरिरहेका छौ।’

फागुन २६, २०७७ बुधबार १५:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।