चितुवाको छाला, हड्डी र दाँत बेच्ने पक्राउ 

चितुवाको छाला, हड्डी र दाँत बेच्ने पक्राउ 

काठमाडौं : चितुवाको छाला, हड्डी र दाँच बेच्ने चार जनालाई केन्द्रीय अनुसन्धान व्यूरोसिआइबीले पक्रेको छ।

चितुवाको आखेटोपहार अवैध रुपमा ओसार पसार गरेर बेच्ने कृष्णराज उपाध्याय, लोकेन्द्र बहादुर मल्ल, सन्देश बानियाँ र सुजन बस्नेत पक्राउ परेका हुन्। 

उनीहरु काठमाडौं महानगरपालिका बल्खुबाट संरक्षित वन्यजन्तु चितुवाको छाला तथा हड्डी (आखेटोपहार) बेच्न लागेको अवस्थामामा पक्राउ परेका सिआइबीले जनाएको छ।

पक्राउ परेका उनीहरुलाई कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय, काठमाडौंमा पठाईएको सिआबीले जनाएको छ।

फागुन २६, २०७७ बुधबार १३:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।