जाजरकोटको सियाँलामा बर्ड फ्लु पुष्टि
काठमाडौँ : जाजरकोटको भेरी नगरपालिका सियाँलामा किसानले पालेका कुखुरामा बर्ड फ्लु रोग पुष्टि भएको छ।
सियाँलाका किसानले पालेका लेयर्स कुखुराको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा बर्ड फ्लु पुष्टि भएको पशु सेवा विभागले जनाएको छ।
रोग देखिएका क्षेत्रमा रहेका सबै घरपालुवा पन्छी तथा रोग सार्न सक्ने वस्तु समेत नष्ट गरी रोग नियन्त्रण गरिएको विभागले बताएको छ।
३ सय ब्रोइलर कुखुरा, ३३१ लेयर्स कुखुरा, ७० वटा लोकल कुखुरा, ८८३ अण्डा र २५१ किलो दाना साथै २ सय वटा अण्डाको क्रेट नष्ट गरी रोग देखा परेको क्षेत्रलाई पूर्ण निसंक्रमण समेत गरिएको विभागले जनाएको छ।
फागुन २६, २०७७ बुधबार १२:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।