शिवरात्रिको दिन चक्रपथमा यातायात सेवा बन्द नहुने 

शिवरात्रिको दिन चक्रपथमा यातायात सेवा बन्द नहुने 

काठमाडौँ : महानगरीय ट्राफिक प्रहरी महाशाखाले शिवरात्रिको दिन चक्रपथमा यातायात सेवा निरन्तर हुने जनाएको छ। पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको सङ्ख्या धेरै भएर यातायात प्रभावित हुने देखिए गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गर्ने महाशाखाले जनाएको छ।

ट्राफिक प्रहरी महाशाखाले दर्शनार्थीको संंख्या धेरै भएमा चाबहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर मैतीदेवी मोडबाट, रातोपुल हुँदै गौशालातर्फ यातायात सेवा चल्न नदिने बताएको छ।

ट्राफिक प्रहरीले दर्शनार्थीका लागि सिफलचौर, तिलगंगा, गुह्येश्वरी पारि पार्किङको व्यवस्था मिलाइएको जनाएको छ। महाशिवरात्रि पर्व भोलि बिहीबार मनाइदैछ। 

फागुन २६, २०७७ बुधबार ०९:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।