भागरथी हत्या आरोपीलाई बाल सुधार गृह डोटीमा पठाइयो

भागरथी हत्या आरोपीलाई बाल सुधार गृह डोटीमा पठाइयो
फाइल तस्विर

बैतडी : जिल्ला अदालत बैतडीको आदेशपछि भागरथी भट्टको बलात्कार र हत्या आरोप लागेका १६ वर्षका आरोपितलाई आज बिहान पुर्पक्षका लागि सुधार गृह डोटीमा पठाइएको छ। 

बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीका बालकलाई पुर्पक्षका लागि डोटीमा रहेको बाल सुधार गृहमा पठाइएको बैतडीका प्रहरी प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए।

थुनछेक बहसपछि जिल्ला अदालत बैतडीका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले पुर्पक्षका लागि सुधार गृह पठाउन आदेश दिएकाले आज बिहान बाल सुधार गृहमा पठाइएको उनले बताए।

विद्यालयबाट फर्किएकी भागरथी साँझ घर नपुगेपछि खोजतलास गर्दै जाँदा स्थानीय लवलेक जङ्गलमा बीभत्स र निर्वस्त्र अवस्थामा मृत फेला परेकी थिइन्। 

भागरथीको भेजाइनल स्वाब र दिनेशको डिएनए परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला काठमाडौँ पठाइए पनि रिपोर्ट नआएको प्रहरीले जनाएको छ। 

फागुन २६, २०७७ बुधबार ०९:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।