ट्राफिक प्रहरीलाई घुस दिने चालक पक्राउ 

ट्राफिक प्रहरीलाई घुस दिने चालक पक्राउ 

काठमाडौँ : काठमाडौँ कुलेश्वर गणेश मन्दिर चोक स्थित सडक खण्डमा ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने चालक पक्राउ परेका छन्।

ट्राफिक प्रहरी जवान लाल बहादुर वि.क.ले सवारी चालक अनुमति पत्र नभएको बा ३ ख ६५३७ नम्बरको मिनी ट्रकका चालकलाई कारबाही गर्न खोज्दा १ हजार रुपैयाँ दिएर प्रलोभनमा पार्न खोजेकाले पक्राउ गरिएको ट्राफिक प्रहरीले जनाएको छ। 

ट्राफिक प्रहरीका अनुसार पक्राउ परेका चालक काभ्रेपलान्चोक बस्ने वर्ष ३३ का बुद्ध बहादुर तामाङलाई पक्राउ गरी कारबाहीको लागि महानगरीय प्रहरी वृत्त कालीमाटीमा बुझाइएको छ।

फागुन २६, २०७७ बुधबार ०८:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।