कक्षा १२ र एसइईको परीक्षा तालिका सार्वजनिक

कक्षा १२ र एसइईको परीक्षा तालिका सार्वजनिक

काठमाडौँ : आगामी जेठ २६ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षा तालिका सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको परीक्षा तालिका अनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुनेछ।

जेठ २६ गते सुरु हुने परीक्षा असार ४ गतेसम्म संन्चालन हुने बोर्डले जनाएको छ।

बोर्डले माध्यमिक शिक्षा परीक्षा एसइई को तालिका पनि सार्वजनिक गरेको छ। जेठ १३ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुनेछ।

बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ। 

फागुन २६, २०७७ बुधबार ०८:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।