लागुऔषध मुद्दाका फरार प्रतिवादीलाई अदालतमा गराइयाे हाजिर
काठमाडौं : सप्तरीमा ९ वर्षपछि पक्राउ परेका लागुऔषध मुद्दाका फरार प्रतिवादीलाई जिल्ला अदालतमा उपस्थित गराइएको छ।
जिल्ला प्रहरी कार्यालय, सप्तरीले लागुऔषध मुद्दाका फरार प्रतिवादी बलान बिहुल गाउँपालिका–४(साविक बेल्ही गाविस–१) बस्ने ३० वर्षीय प्रमोदकुमार यादवलाई आज अदालतमा उपस्थित गराएको हो।
प्रहरीका अनुसार २०६८ असोज १६ गते सप्तरी, हरिपुर गाउँपालिका–७, बेल्ही–कदमाहा सडकखण्डबाट लागुऔषध छाडेर फरार थिए। उक्त क्षेत्रबाट १०० एमएलको १४५ बोतल कोरेक्स बरामद भएको र यसमा यादवको संलग्नता रहेको प्रहरी नायब निरीक्षक घनश्याम रायको प्रतिवेदनमा उल्लेख थियो।
त्यसयता फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय, सप्तरीबाट खटिएको प्रहरी टोलीले गत आइतबार पक्राउ गरेको थियो।
फागुन २५, २०७७ मंगलबार २३:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।