गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
सांकेतिक तस्बिर।

काठमाडौं : सप्तरीमा गाडीको ठक्करबाट आज (मंगलबार) युवकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय, सप्तरीका अनुसार सप्तरी, अग्निसाइर कृष्ण सवरण गाउँपालिका–१, जण्डौलमा प्रदेश नं. ३–०१–०२४ च.४२६९ नम्बरको पिकअप गाडीको ठक्करबाट सोही वडाको सिमरा टोलका २८ वर्षीय दीपक चौधरीको मृत्यु भएको हो। 

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको गाडीले आज दिउँसो २ः४५ बजे ठक्कर दिँदा युवकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

गाडी र चालक कपिलवस्तु, बाह्रगंगा नगरपालिका–४ का २४ वर्षीय दीपेन्द्र थापा नियन्त्रणमा रहेको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) भुवनेश्वरप्रसाद साहले जानकारी दिए। 
 

फागुन २५, २०७७ मंगलबार २२:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।