किराँती नेतृत्वको माओवादी केन्द्रका नेता बुढाथोकीले भने– पार्टीको वैधानिकता जनताबाट अनुमोदन गराउँछौं
काठमाडौं : गोपाल किराँती नेतृत्वको नेकपा माओवादी केन्द्रका नेता कर्णजित बुढाथोकीले पार्टीको वैधानिकता जनताबाट अनुमोदन गराउने बताएका छन्।
निर्वाचन आयोगले नयाँ नाम र चुनाव चिह्न १५ दिनभित्र प्रस्ताव गर्न पत्र पठाएपछि उकेरासँग कुरा गर्दै उनले पार्टीको वैधानिकताका लागि नयाँ ‘संघर्ष’ थाल्ने चेतावनी दिए।
‘यसबारे पार्टीका आधिकारिक धारणा बनाइसकेको छैन,’ आफूलाई पार्टी अध्यक्ष दाबी गर्ने उनले भने।
पार्टी अध्यक्ष गोपाल किराँतीलाई पोलिटब्युरो कमिटीले कारबाही गरेर आफूलाई अध्यक्ष बनाएको उनको दाबी छ। ‘तर, यससम्बन्धी निर्णय निर्वाचन आयोगमा अद्यावधिक नभई पार्टीको नाम र चुनाव चिह्न खारेज भयो,’ उनले भने।
सर्वोच्च अदालतले गत आइतबार नेपाल कम्युनिस्ट पार्टी नामको आधिकारिकता ऋषि कट्टेललाई दिँदै नेकपा एमाले र माओवादी केन्द्र छुट्टाछुट्दै दल रहने परमादेश जारी गरेको थियो।
उक्त परमादेशपछि निर्वाचन आयोगले साविकको ने क पापछि दर्ता भएका सन्ध्या तिवारी नेतृत्वको नेकपा एमाले र गोपाल किराँती नेतृत्वको माओवादी केन्द्रलाई नयाँ नाम र चुनाव चिह्न प्रस्ताव गर्न पत्र काटेको हो।
फागुन २५, २०७७ मंगलबार २२:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।